ताजा अपडेट »

भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

शुक्रबार, १९ असोज २०८०, १६ : ०३
50 Shares
शुक्रबार, १९ असोज २०८०
50 Shares

भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० सुरु भएको छ ।  

भक्तपुर चेस क्लबको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एक कार्यक्रमबीच गरे । प्रतियोगितामा एक दर्जन जिल्लाका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता तयारी समितिका संयोजक राजकुमार लघुले जनाए ।

प्रतियोगितामा कुल १४४ जना खेलाडीहरु प्रतिस्पर्धामा रहेको उनले जनाए । उनका अनुसार उखेलाडी १० देखि ७० वर्ष उमेर समूहका छन् । प्रतियोगितामा यसअघिका च्याम्पियनहरु पनि सहभागी रहेको जनाइएको छ । साथै राष्टिय खेलाडीहरु पनि प्रतिस्पर्धामा सहभागी भएको जनाइएको छ । प्रतियोगितामा विदेशी (श्रीलंकन) खेलाडीसमेतको सहभागिता रहेको जनाइएको छ । 

प्रतियोगिताको समापन शनिबार हुनेछ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई शनिबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।