काठमाडौं । नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिएको छ । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिएको छ । नरगिस हाल इरानको जेलमा सजाय काटिरहेकी छिन् ।
नर्गिसलाई यो पुरस्कार इरानमा महिलाको पक्षमा र मानवअधिकारको संरक्षणका लागि गरेको कामका लागि प्रदान गरिएको हो । नर्गिस ५१ वर्षकी भइन् ।
नोबेल शान्ति पुरस्कार शान्ति स्थापना वा प्रवर्द्धनमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ। नोबेल पुरस्कारहरू भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिका क्षेत्रमा दिइने पुरस्कार हुन्। विगत १२ महिनामा मानवताको हितका लागि सबैभन्दा धेरै काम गर्नेहरूलाई यी पुरस्कारहरू दिइन्छ।
यस वर्षको नोबेल पुरस्कार कुन क्षेत्रमा कसले पाए ?
चिकित्सामा नोबेल पुरस्कार - डा. क्याटालिन क्यारिको र डा. ड्र्यू विजम्यान
रसायनशास्त्रमा नोबेल पुरस्कार - मोंगी जी. बावेन्डी, लुईस ई. ब्रुस र एलेक्सी आई एकिमोभ
साहित्यको लागि नोबेल पुरस्कार - लेखक जोन फोस
भौतिकशास्त्रमा नोबेल पुरस्कार - पियरे अगोस्टिनी, फेरेन्क क्रुज र एनी लहुलियर
प्रतिक्रिया