काठमाडौं। संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।
यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो ।
प्रतिक्रिया