ताजा अपडेट »

एनएमबि बैंक गोरुसिङ्गेद्वारा पाँच विद्यालयलाइ वाटर डिस्पेन्सर प्रदान

बुधबार, १७ असोज २०८०, १३ : ५०
88 Shares
बुधबार, १७ असोज २०८०
88 Shares

कपिलवस्तु । एनएमबि बैंक गोरुसिङ्गे शाखाले कपिलवस्तुको बुद्धभुमि नगरपालिकाका पाच विद्यालयलाइ वाटर डिस्पेन्सर प्रदान गरेको छ ।

बैंकको तर्फ देखि गोरुसिङ्गे शाखा प्रबन्धक केशर सिंह टण्डनले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा रहेको सिद्धार्थ स्मारक मावि भेलाइका प्राचार्य डिलाराम पौडेल, गङ्गाज्योति मावि पत्थरकोटका प्राचार्य दलबहादुर जिसि, गौतम बुद्ध मावि गोरुसिङ्गेका प्राचार्य शिशिर अर्याल एवं अध्यक्ष अरुण प्रताप राणा , श्रीमावी निमडाडाका प्राचार्य जगन्नाथ चौधरी र नेपाल राष्ट्रिय मावि मोर्मीका प्राचार्य निमानन्द पोख्रेललाइ उक्त विद्यालय मा गएर एक एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरे ।

शाखा प्रबन्धक केशर सिंह टण्डनले एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तरगर्त विद्यालयका शिक्षक, विद्यार्थी तथा आगन्तुकको लागि शुद्ध पिउने पानी ब्यवस्थापनको पाँच वटा विद्यालयमा एक एक थान वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरिएको जानकारी दिए । विद्यालयका प्राचार्यहरुले नेपालको सर्वोत्कृष्ट बैंकको उत्कृष्ट कार्यअनुरुप आफुहरुको सस्थालाइ छ्नौट गरि वाटर डिस्पेन्सर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।