नेपालमा राजनीतिक परिवर्तन त, धेरै भए तर, ती परिवर्तनहरुलाई जनताको आार्थिक विकाससँग जोड्ने अर्थतन्त्रको सहि दिशा तय नगर्दा हाम्रो अर्थतन्त्र ओरालो लागेको छ । अर्थतन्त्र ओरालो लाग्दा खासगरि उद्यमी व्यवसायीहरुले नराम्रोसँग धक्का खाएका छन् । संकटमा रहेको अर्थतन्त्र लयमा ल्याउन गर्नु पर्ने पहिलो काम कर्जाको व्याजदरमा भारी कटौती गर्नु हो ।
अहिले हरेक दलको मिसन भनेको २०८४ को सत्ता प्राप्तिका लागि सत्ता संघर्षका कार्यक्रम देखिन्छन, तर चरम आर्थिक मन्दीले छटपटाईरहेको हाम्रो अर्थतन्त्रलाई लयमा ल्याउने संघर्ष देखिदैन । नेपालको अर्थतन्त्र राजनीतिक जालोमा वेरिएको छ । अर्थराजनीति, अर्थतन्त्रको दिशा, लगानीमैत्री वातावरण र विकास वारे सहि नीति तय गर्ने कुरामा हाम्रा राजनीतिक पार्टी र ती पार्टिका मुख्य नेताहरुमा समस्या देखिन्छ । उमेरले डाँडो काटिसकेका बुढा नेताको राजनीतिमा दवदवा छ, जो जनतालाई गरिब वनाएरै शासन गर्न उद्धत छन् ।
छिमेकी मुलक भारत र चीनले द्रुत गतिको आर्थिक प्रगति हासिँल गरिरहदा हामी चाहिँ राजनीतिक खिचातानीमा अलमलिएका छौँ। हामी सत्तापक्ष र प्रतिपक्ष मिलेर सहमतिमा तस्करलाई उन्मुक्ति दिने समिति वनाउनमै व्यस्त छौँ । अर्थतन्त्र चलययामान बनाएर, कर आम्दानी गरि राज्य चलाउनु पर्नेमा विकासको त, कुरै छोडै, कर्मचारीलाई तलव भत्ता खुवाउन पनि ऋण लिने अवस्थामा पुगेका छौँ।
देशको वर्तमान अवस्था देखेर केही गरौँ भन्ने युवा पुस्ताको ठुलो जमात जवरजस्त वहिर्गमन भईरहेको छ । ती, जोश जागर र उर्जा भएका, केही गर्ने हुटहुटी भएका, लाउने, खाने, घुम्ने, खर्च गर्ने उमेरका युवा पुस्ता वहिर्गमन हुँदा देशले वास्तवमा अथाह मणिहरु गुमाईरहेको छ । देश बिस्तारै वृद्धहरुको देशतिर धकेलिएको छ ।
देशको अर्थतन्त्र चरम मन्दीमा हुँदा पनि अर्थतन्त्र लयमा ल्याउन परिणाममुखी काम गर्न नसक्ने प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र वैंकका गभर्नर विरुद्ध प्रभावकारी दवाव श्रृजना गर्नर्नुपर्ने देखिन्छ । खास गरि यो विषयमा त अन्य विषयमा महिनौसम्म सदन अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल एमालेलनै आवाज वुलुन्द गर्नु पर्ने हो, तर त्यसो हुन सकिरहेको छैन । अहिलेको आशा गरिएको र बिकल्प हुँ भन्ने चलतीको पार्टी रास्वपाले पनि अर्थतन्त्र लयमा ल्याउने कुरामा खास दवाव श्रृजना गर्न पनि सकेको देखिदैन ।
प्रिय उद्योगी, व्यवसायी मित्रहरु खासगरि चरम आर्थिक मन्दीको असर उद्योग तथा व्यवसायीक क्षेत्रमा धेरै परेको छ । ७–८ प्रतिशतमा लिएको कर्जा बढेर १८ प्रतिशतसम्म पुगेर अहिले पनि १४–१५ प्रतिशत सम्म कायमै छ । उत्पादन भएका चिजवस्तुको बजारमा माग छैन्। जनताहरुसँग खर्च गर्न सक्ने प्रयाप्त पैसा पनि छैन् ।
मन्दीमा रहेको हाम्रो अर्थतन्त्रलाई लयमा ल्याउन गर्नु पर्ने पहिलो शर्त भनेको लगानीका लागिे सस्तो स्रोतको सुनिश्चितता हो । कर्जाको व्याजदरमा भारी कटौति हो । उद्यम, व्यवसायमा हाल भएको कर्जाको व्याजदर ७ प्रतिशत भन्दा माथि हुनु हुँदैन । अन्य सबै क्षेत्रमा भएको घरजग्गा, शेयर, व्यक्तिगत कर्जाको व्याजदर तत्काल कम्तिमा पनि सिङ्गल डिजिटमा झार्नु पर्दछ । अहिले वैंकहरुमा प्रशस्त तरलता पनि छ । सरकार र नेपाल राष्ट्र वैंकले चाहँदा तत्काल यी काम गर्न सकिन्छ ।
तसर्थ देशको अर्थतन्त्र चरम मन्दीमा हुँदा पनि देशको अर्थतन्त्रलाई सहि लयमा ल्याउन काम गर्न सामाथ्र्य नराख्ने सरकार र नेपाल राष्ट्र वैंक विरुद्व उद्यमी, व्यवसायीका संघ, संगठनको नेतृत्वमा बिद्रोह गरौँ । सङ्कटउन्मुख अर्थतन्त्र लयमा ल्याउन आ–आफ्नो तर्फ बाट पहल गरौँ ।
प्रतिक्रिया