ताजा अपडेट »

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा प्यानलसहित निर्वाचित

मंगलबार, १६ असोज २०८०, ०७ : ५५
121 Shares
मंगलबार, १६ असोज २०८०
121 Shares

बुटवल । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन्।

सोमबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५१२ मत पाएका छन्। विनोद ढकालले ४३० मत प्राप्त गर्दा ३५ मत बदर भएको थियो। पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक थियो। २०६६ मा उनीहरु मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजेता बनेका थिए। जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेको १४ वर्षपछि उनीहरूबीच प्रदेश अध्यक्षमा ुरिम्याचु भएको थियो।

त्यसबेला ढकाल जिल्लामा विजेता बन्दा उनलाई हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ थियो। यसपटक भने ओली र उनको समूहको साथ खतिवडालाई थियो। ओली निकटका प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक नेताहरुको साथ पाएका मोरङ लेटाङका खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।