ताजा अपडेट »

संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ

सोमबार, १५ असोज २०८०, १५ : ५३
74 Shares
सोमबार, १५ असोज २०८०
74 Shares

काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुने बताएकी छन्।  सोमबार ललितपुरमा बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनमा देखिएका समस्या ४० वटा संघीय कानुन बनाइसकेपछि अन्त्य हुने दाबी गरिन् । 

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनकै चरणमा रहेकाले अहिले व्यवस्थालाई दोष दिने बेला नभएको भन्दै उनले  कार्यान्वयनकै चरणमा सबै कुरा भएन भन्न नहुने बताइन् । आम नागरिकको चासो सहरकेन्द्रित हुन थालेको बताउँदै उनले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारे पनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरिन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।