ताजा अपडेट »

नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन

सोमबार, १५ असोज २०८०, १३ : २१
107 Shares
सोमबार, १५ असोज २०८०
107 Shares

बुटवल ।नवलपरासीको बर्दघाटमा चलचित्र काँडेतारको प्रर्दशन भएको छ । सो चलचित्र हेर्नका लागि बर्दघाट नगरपालिकाका उपमेयर रूद्र प्रशाद उपाध्याय ,वरिष्ठ कलाकार टिका पाहाडी, वडा सदस्य जनक रावल, सुनवल, भुमइ १२ वडा सदस्य केसरी थापा ,सुस्ता गाउँपालिका लेखा संयोजक गणेश पन्थी, ७ वट पालिकाको जनप्रतिनिधि हरूको लगायत सुस्ता पारीदेखिबाट १५ जना डुङ्गा चडेर आएका थिए । यस्तै चलचित्रको प्रर्दशनमा निर्मता अन्जु केसी समेत आएकी थिइन् ।

चलचित्र हेर्नका लागि बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु धेरै जना ३५० सहभागिता रहेको थियो । उपस्थित अधिकांशले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । नेपालको सीमा क्षेत्रबारे जानकारी गराउने उद्देश्य बोकेको यो चलचित्रले देशभक्तिको सन्देश बोकेको छ । देशको सुरक्षा गर्न अपनाउनु पर्ने भूमिकाबारे चलचित्रले स्पष्ट पारेको छ ।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको ‘काँडेतार’ चलचित्रका निर्माता माकिको राई र अन्जु केसी छन्। कार्यकारी निर्माता गायिका सत्यकला राई हुन्। श्री श्रेष्ठ को द्वन्द, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन, मणि थापा र दीपक शर्माको सगीत, बन्दे प्रसाद र तारा थापा (किम्भे)को सम्पादन रहेको छ। कलाकारमा नवलसँगै गौरभ पहाडी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादवलगायत छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।