ताजा अपडेट »

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक : अध्यक्षका लागि ५० हजार दर्ता शुल्क

आइतबार, १४ असोज २०८०, १३ : ४४
174 Shares
आइतबार, १४ असोज २०८०
174 Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि निर्वाचिन कार्यतालिका सार्वजनिक भएको छ । संघको ७० औं वार्षिक साधारणसभा तथा २५ औं अधिवेशनको निर्वाचन समितिले आज आइतबार कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज आइतबार दिउँसो ३ बजे प्रथम पटक मतदाता नामावली प्रकाशन, भोलि सोमबार दिउँसो ३ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध र साझ ५ बजे अन्तिम नामावली प्रकाशन हुने जारी सूचनामा उल्लेख गरिएको छ । यसैगरी असोज २० गते विहान १० देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ता, सोही दिन १ बजे उम्मेदवारहरुको प्रथम पटक नामावली प्रकाशन, सोही दिन १ बजेर १० मिनेटदेखि दिउँसो २ बजेसम्म दाबी विरोध तथा साढे २ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने समय तोकिएको छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने सूचनामा उल्लेख छ ।

प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेद्वारा जारी सूचनामा असोज २२ गते विहान ९ बजेदेखि ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने उल्लेख गरिएको छ । संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारले ५० हजार दर्ता शुल्क बुझाउनु पर्ने भएको छ भने अन्य पदाधिकारीले ३० हजार दर्ता शुल्क तिर्नुपर्ने भएको छ । यसैगरी एसोशिएट सदस्यका लागि २० हजार तथा अन्य सदस्यका लागि १५ हजार दर्ता शुल्क कायम गरिएको छ ।

संघको अधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव, कोषध्यक्ष, सचिव, स–कोषध्यक्ष, एसोशिएट सस्य एक र सम्बद्ध सदस्य एक जना निर्वाचित हुने छन् । यसैगरी अन्य सदस्यहरुतर्फ उद्योगमा ४, वाणिज्यमा ४, खुल्लामा ७ र महिला २ जना निर्वाचिन हुने व्यवस्था रहेको छ ।

संघको आगामी नेतृत्वका लागि दिनेश प्रसाद श्रेष्ठ र हरि हर्यालले फरक–फरक प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेगरी तयारी गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।