ताजा अपडेट »

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

शनिबार, १३ असोज २०८०, ०८ : ०२
76 Shares
शनिबार, १३ असोज २०८०
76 Shares

काठमाडौं । अधिवेसन सुरू भएको ५ दिनपछि नेकपा एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । गत असोज ९ गतेबाट सहमतिको प्रयास गरे पनि बिफल भएपछि मतदान प्रक्रियामा गएको एमालेले बाग्मतीले अधिवेशन सुरू भएको पाँच दिनपछि नयाँ नेतृत्व पाएको हो । 

जसअनुसार अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका दुइ मध्ये कैलाश ढुंगेल निर्वाचित भएर नेतृत्वमा आएका छन । शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रामेछापका ढुंगेलले ६९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मतमा सीमित भएका छन ।

यसैगरी, ६१५ मत सहित उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन भने सचिवमा १ मत बढी प्नाप्त गरी ललितपुरका नवराज सिलवाल विजयी भएका छन् ।

पूर्व वरिष्ठ प्रहरी अधिकृत सिलवालले ५६८ मत प्राप्त गरे, उनका प्रतिस्पर्धी हस्त पण्डितले जम्मा १ मतले पछि पर्दै ५६७ मतमा सीमित भएका हुन ।

उपसचिवमा प्रेम कुमार महर्जन ५९९ मतसहित र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । साथै, लेखा आयोग अध्यक्ष श्याम कृष्ण श्रेष्ठ बिजयी भएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।