बुटवल । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो । लु १ ज १८६१ नम्बरको जीप शुक्रवार बेलुकी पौने पाँच बजे सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा शारदा नगरपालिका – १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका-१२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेका प्रहरीले जनाएको छ । घटनास्थलबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याएका दुई जनाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।
दुर्घटनमा अन्य १७ जना घाइते भएका छन् । उनीहरुको मध्ये केहीको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुई जनालाई भने जिल्ला बाहिर रिफर गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया