ताजा अपडेट »

अत्याधुनिक मेशिन जडान गरि आफूलाई थप अब्बल बनाउँदै रुपन्देहीको वृज ग्लास उद्योग

शुक्रबार, १२ असोज २०८०, १५ : १३
127 Shares
शुक्रबार, १२ असोज २०८०
127 Shares

भैरहवा । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि उत्पादनमा वृद्धि गर्ने गरि थप लगानी भित्र्याएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा रहेको उद्योगले अत्याधुनिक मेशिन जडान गरि उत्पादन वृद्धी गरेको हो ।

उद्योगले १४ करोडको लागतमा युरोपीयन प्रविधिको अत्याधुनिक लेमिनेटेड मेशिन जडान गरि गुणस्तरमा वृद्धि गर्नुका साथै उत्पादन दरलाई समेत बढाएको छ । आर्थिक मन्दिको समयमा समेत उद्योगमा थप लगानी भित्र्याएको कम्पनीमा हाल २ सय बढीले प्रत्येक्ष रोजगारीको अवसर पाएका छन् ।

विभिन्न आकार, मोटाइ तथा जीवन्त रङ्गहरूमा लेमिनेटेड शिशा, टिन्ड शीशा, इन्सुलेटेड शीशा, रीफ्लेक्टिभ शीशा लगायत उपलब्ध गराउँदै आएको अर्गनाइजेसनका प्रवन्ध निर्देशक उत्सव केडीयाले बताए । कम्पनीले आवासीय, व्यावसायिक, संस्थागत तथा औद्योगिक परियोजनाहरूको संरचनागत तथा सजावटका आवश्यकताहरू पूर्ति गर्दै आइरहेको उनले बताए ।

‘आफ्ना उत्पादनमार्फत सुन्दर र व्यवहारिक समाधान प्रदान गर्ने अटल प्रतिबद्धता लिएको वृज सेफ्टी ग्लास उद्योग नवप्रवर्तन र गुणस्तरको अग्रपङ्क्तिमा उभिएको छ ।’ केडीयाले भने ‘वृज सेफ्टी ग्लास उद्योगको सफलताको केन्द्रमा भने यसको अत्याधुनिक प्रशोधन प्लान्ट नै रहेको छ ।’ कारखानामा नेपालमै सबैभन्दा ठूलो दैनिक १२ हजार वर्ग फीट सिसा उत्पादन गर्ने क्षमता रहेको उनले बताए ।

कम्पनीले त्रुटि र कमीको सम्भावना लगभग शून्य नै हुने गरि पूर्ण रूपमा कम्प्यूटराइज्ड र स्वचालित उत्पादन गरिरहेको केडीयाले बताए । कम्पनीका सबै उपकरणहरू यूरो मापदण्ड अनुसार रहेका छन । यसले गर्दा वृज सेफ्टी ग्लासका हरेक उत्पादन अन्तर्राष्ट्रियस्तरको हुनेमा ढुक्क हुन सकिने केडीयाको भनाइ छ । ४० करोडको लगानीमा उद्योग स्थापना भएको र यसमा २ सय बढीले रोजगारी पाएका छन् ।

उद्योगको अध्यक्ष मनोज केडिया, निर्देशकहरू गौरव अग्रवाल, अजय गुप्ता र सतीश केडिया रहेका छन । यस्तै प्रबन्ध निर्देशक सत्यम केडियाले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई मूर्त रूपमा कार्यान्वयन गरि नेपालको उन्नतिमा योगदान पुर्याउन समर्पित रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।