काठमाडौं । संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा पत्र बुझाएका हुन् ।
आफू प्रतिनिधिसभाको सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारणले सभापतिबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया