काठमाडौं । सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।
जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो ।
गत साउन ४ गते समातिएकाे ६० केजी बढीकाे साे सुन तस्करी प्रकरण र भेपमा ल्याइएकाे झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाइ थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।
प्रतिक्रिया