माघ १७,
बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुटवलमा प्रभु पे क्यान ईन्फोटेक २०२० सुरु भएको छ । क्यान इन्फोटेकको शुक्रबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले विज्ञान र प्राविधिक क्षेत्रमा रुचि बढाउनुपर्ने बताएका छन् । उनले प्रविधिको सहि ढंगबाट उपयोग गरेमा हरेक समस्या तथा चुनौतिहरु सामना गर्न सकिने बताउदै सानो तहबाटै प्रविधिको ज्ञानदिनु आवश्यक रहेको बताए । बरालले सरकारी संयत्रलाई पनि प्रविधिमैत्रि बनाउनुपर्ने बताउदै उनले हरेक योजना र नीतिमा बनाउदा प्रविधिलाई उच्चतम प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । प्रदेश सरकारले पनि प्रादेशिक एक्स्पो गर्न लागेको बताउदै अब हरेक तहले प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने बताए । उनले इन्टरनेट सेवाप्रदायकलाइ कर छुट गरेर बुटवल नगरमा सबैलाइ निशुल्क इन्टरनेट गर्न बितरण गर्ने वाताबरण मिलाउन बुटवलका नगर प्रमुखलाइ आग्रह गरे । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सुचना प्रविधिको शिक्षामा जोड दिने बताए । उनले १२ –१५ जनाको समुहमा आएमा बुटवल उपमहानगरपालिकाले निशुल्क तालिम प्रदान गर्ने बताउँदै उनले प्राविधिक क्षेत्रलाई आफुले पनि सदैव साथ दिएको तर्क गरे ।
क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले क्यानले हरेक वर्षजस्तै यो मेलामा नयानया प्रबिधिको बारेमा जानकारी लिन सबैलाइ आग्रह गरे । कार्यक्रममा ईक्यान प्रदेश ५ अध्यक्ष रोशन कंडेल,रुपन्देही व्यापार संघका अध्यक्ष बाबुराम बोहरा, कार्यक्रमका मुख्य प्रायोजक प्रभु पे का प्रतिनीधि बिजय अधिकारी, नेपालि कांग्रेस बुटवल उपमहानगर उपसभापति बिलमराज भट्टराई, क्यान बरिष्ठ उपाध्यक्ष माधव अर्याल, क्यान सचिव जीवन अधिकारी लगायतले मन्तव्य राखेका थिए । माघ १७ गतेदेखि २१ गतेसम्म बुटवलको गोलपार्क स्थित बुटवल बहुमुखी क्याम्पस प्रांगणमा सञ्चालन भईरहेको मेलामा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रियस्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० बढी स्टलहरु रहने महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए ।
मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ । मेलाको विशेष आकर्षणको रुपमा कम्प्युटर, मोबाइल तथा अत्याधुनिक सेक्युरिटी टेक्नोलोजीको प्रदर्सनी , मोबाइल वालेट,कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली वैज्ञानिकहरुद्धारा निर्मित रोबोट र ड्रोनको प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, हार्डवेयर र सफ्टवेयरमा नयँ आविस्कारको प्रतियोगिता, खुल्ला हाकाथुन प्रतियोगिता, वेबपेज डिजाइन प्रतियोगिता, वक्तृत्वकला, प्रतियोगित , टिकटक प्रतियोगिता, बालनृत्य प्रतियोगिता , डिजिटल गेमिङ जोन , सुचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता बिषयमा गोष्ठी लगायत रहने महासंघले जनाएको छ ।
सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी,जेष्ठ र अपांगता भएका नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाइन टिकट खरिदको व्यवस्था मिलाइएको महासंघले जनाएको छ । मेलालाई प्रभु पेले मुख्य प्रायोजन र वल्र्ड लिंक लगायतका कम्पनीहरुले प्रायोजन गरेका छन्
प्रतिक्रिया