ताजा अपडेट »

काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता सुरु

मंगलबार, ०९ असोज २०८०, १६ : ३४
64 Shares
मंगलबार, ०९ असोज २०८०
64 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई भने उपस्थित छैनन् । फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् ।

वार्तामा महानगरका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् । ईःको टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।