ताजा अपडेट »

गत बर्ष भन्दा चाँडपर्व लक्षित आयातमा कमि

मंगलबार, ०९ असोज २०८०, १४ : ४९
180 Shares
मंगलबार, ०९ असोज २०८०
180 Shares

भैरहवा । नेपालमा तिज सकिएको छ भने सबै भन्दा ठूलो पर्व दशैं र तिहार नजिकै आईरहेको छ । नेपालमा पर्ने यी चाँडहरुलाई लक्षित गरि साउन र भदौ महिनामा सबै भन्दा बढी आयात हुने गरेको थियो । पछिल्ला बर्षको तुलनामा चालु आर्थिक बर्षमा कम राजस्व असुल भएको देखिन्छ । उसो त गत बर्ष पनि यी दुई महिनामा त्यति आयात देखिएको थिएन ।

नेपाल सरकारले बिदेशी मुद्राको सञ्चिति भन्दै धेरै बस्तुहरुको आयातमा कडाई या प्रतिबन्धित गरेको थियो । त्यसले पनि आयात नियन्त्रित भएको थियो । चालु आर्थिक बर्षमा सरकारले नियमहरु खुकुलो बनाए पनि आयात झनै घटेको देखिन्छ ।

गत आर्थिक बर्षको साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय हुदै १० अर्ब ८४ करोड रुपैया बराबरको आयात भएको थियो । यसबाट भन्सार कार्यालयले ६ अर्ब ४९ करोड रुपैया राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए । यस्तै चालु आर्थिक बर्षको २ महिनामा ११ अर्ब २५ करोडको बस्तुहरु आयात भएको छ । तर राजस्व भने ५ अर्ब ९९ करोड मात्र असुली भएको छ । राजस्व असुलीको आधारमा हेर्दा चाड पर्व लक्षित गरि भैरहवा भन्सार कार्यालयबाट सबै भन्दा बढी मोटरसाईकलहरु आयात हुने गरेको छ ।

गत बर्षको २ महिनामा २५ हजार ८ सय ३३ वटा मोटरसाईकल आयात भएकोमा चालु आर्थिक बर्षको सोही अवधिमा १७ हजार ४ सय ६३ वटा मोटरसाईकल आयात भएको छ । यस्तै गत बर्षको साउन र भदौ महिनामै ९५ करोड ८२ लाखको ग्लेज टाईल आयात भएकोमा यस बर्ष सोही अवधिमा ७१ करोड ८२ लाखको मात्र आयात भएको छ । गत बर्ष सुरुको दुई महिनामा १ अर्ब ११ करोडको पेट्रोल आयात भएको थियो । यस बर्ष दुई महिनामा १ अर्ब १ करोडको पेट्रोल आयात भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ को सुरुको २ महिनामा १७ करोड ८४ लाखको जीप, कार र भ्यान, २५ करोड ४८ लाखको पिकअप तथा डेलिभरी भ्यान, १ अर्ब ७० करोडको एमएस बिलेट, ७० करोड ५७ लाखको मार्बल स्ल्याब, २८ करोड ७६ लाखको सुपारी आयात भएको थियो । सोही अवधिमा १ अर्ब ७३ करोडको एलपी ग्यास र १ अर्ब ४७ करोडको मोबाईल पनि आयात भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

चालु आर्थिक बर्षको साउन र भदौ महिनामा ७१ करोड ८२ लाखको ग्लेज टाईल, १ अर्ब ९६ करोडको एमएस बिलेट, ४५ करोड ७१ लाखको मार्बल स्ल्याब, १ अर्ब ६७ करोडमो मोबाईल, ७७ करोड ४९ लाखको डिजल र १ अर्ब ७८ करोडको पिग आईरन आयात भएको छ । चालु आर्थिक बर्षमै ५९ करोड ५७ लाख मूल्य बराबरको ईलेक्ट्रिक जीप कार भ्यान आयात भएको छ ।

थोरै बढ्यो निर्यात
आयात गत बर्षको तुलनामा खुम्चिए पनि भैरहवा भन्सार हुदै हुने निर्यात केही मात्रामा बढेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईका अनुसार गत आर्थिक बर्षको पहिलो २ महिनामा भैरहवा भन्सार हुदै ८३ करोड ३२ लाख रुपैया बराबरको बिभिन्न बस्तुहरु निर्यात भएकोमा चालु आर्थिक बर्षको २ महिनामा १ अर्ब ५७ करोड बढीको निर्यात भएको छ ।

भैरहवाबाट सबै भन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न रहेको छ । यस्तै यहाँबाट पिनाल काँच, डण्डी, जडीबुटि, बनस्पति उत्पादनहरु, स्टिलका भाडा, दालचिनी, अदुवा, सुठो, चोकर, भुस, सिमेन्ट, क्लिंकर लगायत रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।