ताजा अपडेट »

नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

सोमबार, ०८ असोज २०८०, १३ : ०८
241 Shares
सोमबार, ०८ असोज २०८०
241 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

बेइजिङको ग्रेट हल अफ दि पिपलमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा सडक पूर्वाधार, विद्युत, कृषि लगायतका परियोजनालगायतमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो। 

यसअघि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । उनीहरूबिच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।