बुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको फ्रेन्चाइज शाखा देवीनगरमा शुभारम्भ हुने भएको छ । व्यवसायी मेघाराज पन्तले फेन्चाईज रुपमा गणपतिको छैटौं शाखा देवीनगरमा शुभारम्भ गर्न लागेका हुन ।
विगत लामो समय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका मेघराज पन्थले करिव डेढ करोड लगानीमा देवीनगरमा सञचादन गर्ने शाखा सोमबार शुभारम्भ हुन लागेको हो । फार्ममा उत्पादित दुध, दही घ्यूउबाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको उनले जानकारी दिए । आईतबार पत्रकार सम्मेलनको आयोजना गरी पन्थले निकट भविष्यमा डेरी जन्य प्रोडक्ट समेत उत्पादन गर्ने गरी फार्म र बुटवलको मिष्ठान्न भण्डारलाई जोडेर अगाडि बढ्न लागेको जानकारी दिए ।
सत प्रतिशत शुद्ध नेपाली घ्यूउबाट उत्पादित २१ वटा मिठाई र २३ वटा फाष्टफुडका परिकारहरु पस्कीने गरी मिष्ठान्न सञ्चालनमा ल्याउन लागेको उनको भनाई रहेको छ । सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी रहेका छन् भने दैनिक ३ सय लिटर दुध उत्पादन हुँदै आएको छ ।
देवीनरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् । पछि डेरी जन्य बस्तु उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा लगाउने समेत योजना रहेको सञ्चालक पन्थले जानकारी दिए ।
प्रतिक्रिया