माघ १७,
ग्लोबल आवाज
बुटवल । लागुऔषधसहित रुपन्देहीमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तिलोत्तमा नगरपालिका- २ का ३१ वर्षीय बिष्णु गाहा मगर र सिद्धार्थ नगरपालिका- २ का ३१ वर्षीय रेनु बनिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्री जानकारी दिए ।
जिल्लालाई लागु औषध नियन्त्रण गर्ने अभियानका लागि खटिएको प्रहरीको टोलीले बुधबार सिद्धार्थनगर नगरपालिकाको वडा नं. १ स्थित बेलहिया तनहूँ होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट लागु औषधसहित विभिन्न कम्पनीका ९ वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया