ताजा अपडेट »

पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

शनिबार, ०६ असोज २०८०, १८ : ४४
20 Shares
शनिबार, ०६ असोज २०८०
20 Shares

पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त राजकुमार गुरूङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। 

फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरूङलाई सपथ ग्रहण गराउदै राष्ट्र बैंकको निर्देशिकाको पुर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिएकी थिइन ।

शपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरूङका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

साे अवसरमा अध्यक्ष गुरुङले अाफ्नाे कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाइ ग्राहककाे राेजाइकाे फाइनान्स बनाउने र शेयरधनीलाइ उच्च प्रतिफल दिन प्रतिवद्ध रहने बिचार व्यक्त गरेका थिए ।

नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले शपथ ग्रहण कार्यक्रममा मन्तब्य राख्दै पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त हुन पाएकाेमा खुशी व्यक्त गरे। साथै उनले नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पुर्ण पालना गर्दै फाइनान्सको प्रगतिको लागि हरदम प्रयत्नशील रहने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।