ताजा अपडेट »

सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता

शुक्रबार, ०५ असोज २०८०, १७ : ५६
26 Shares
शुक्रबार, ०५ असोज २०८०
26 Shares

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।

सहमतिलाई ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको बताइन्। सहमति कार्यान्वयमा सरकार प्रतिबद्ध रहेको उनले सुनाइन्।

सरकार र शिक्षकहरुबीच सहमति भएसँगै  आन्दाेलनरत शिक्षकहरुले आन्दाेलन फिर्ता लिएकाे छ ।शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सात बुँदे  सहमति गरेकाे हाे ।

विभिन्न माग राख्दै देशभरका शिक्षकहरु  बुधबारदेखि काठमाडाैंकेन्द्रीत आन्दाेलनमा सहभागी भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।