ताजा अपडेट »

जी २० सम्मेलनको समीक्षा

शुक्रबार, ०५ असोज २०८०, १४ : ०६
64 Shares
शुक्रबार, ०५ असोज २०८०
64 Shares
                  

भारतको नयाँ दिल्लीमा सेप्टेम्बर ९ देखि भव्य रुपमा १८ औं जी २० सम्मेलन सम्पन्न भएको छ । भारतले आफ्नो सम्पुर्ण क्षमता, सामाथ्र्य प्रस्तुत गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको छ । सरसफाई, सडक स्तरउन्नति, सडक बत्ती रातारात मर्मत भएका छन् । भारत आफुलाई यो एतिहासिक सम्मेलनबाट शक्तिशाली राष्ट्रको रुपमा परिभाषित गर्न चाहान्छ ।

सम्मेलनमा विश्वका शक्तिशाली २० राष्ट्रको सहभागिता रहेको थियो । भारतका मेडिया तथा अखबारहरुमा हिन्दुस्तानको अस्तित्व, सफलता, विकास, परिवर्तन र भविष्यका चुनौतीका विषयवस्तुहरु गुञ्जीरहेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो एतिहासिक क्षणमा आमन्त्रित कुटनीतिक तथा उच्च व्यक्तित्वलाई स्वागत गरेका थिए ।

२००८ को वित्तिय संकटलाई पार लगाउन जी २० को स्थापना भएको सर्वविदितै छ । कोभिड १९ पश्चात संसारको अर्थतन्त्रमा परेको प्रभाव, रुस युक्रेन बिचको द्धन्द्धका कारण विश्वजगतमा परेको जटिलतालाई हलगर्न यतिबेला भारतको नयाँ दिल्लीमा २० ठुला अर्थतन्त्र भएका मुलुकका प्रमुख अथवा प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए । जनसंख्याको हिसाबले विश्वको लोकतन्त्रको नायक भारत यति बेला आफुलाई शक्तिको होडबाजीमा केन्दित गर्न चाहान्छ । जी २० ले विश्वको दुई तिहाई जनसङख्या ओगट्छ । त्यती मात्र नभएर जी २० ले वल्र्ड जि.डी.पी को ८५ प्रतिशत र ईन्टरनेसनल ट्रेड को ७५ प्रतिशत हिस्सा ओगट्छ । यसले पनि संसारको आँखा भारत तर्फ केन्द्रित हुनु स्वभाविक ठान्नु पर्दछ ।

जी २० सम्मेलन कै क्रममा केही शक्तिका अघोषित खेलहरु अन्तर्यमा प्रदर्शन भएका छन् । खासगरी पश्चिमा र अमेरिकीसँग भारतलाई रुसको बिरुद्धमा उभिनका लागि उक्साईरहेका छन् भने केही शक्ति युक्रेनको पक्षमा वकालत गर्न दबाब श्रुजना गरिरहेका छन्। उक्त सम्मेलन मुख्यतः ६ वटा एजेण्डामा केन्द्रित देखिन्छ । हरित विकास, समावेशी बृद्धि, डिजिटल अर्थतन्त्र, सार्वजनिक पुर्वाधार, प्रविधि परिवर्तन र महिला सशक्तिकरण जुन आजका मुल सम्भावना र चुनौतीका विषय हुन् । भारतले भने एकताका लागि विश्वजगतलाई हातेमालो गरेको भान प्रकट हुन्छ । अझै भारत एककदम अघि बढेर ईन्डियाको साटो भारत शब्दावलीलाई प्रयोगमा ल्याएको प्रष्ट देखिन्छ । यसले भारतीय बजारमा कोलाहल मच्चाएको छ ।

नरेन्द्र मोदी २०२४ को आम निर्वाचनलाई उपभोग गर्न प्रयत्न गरिरहेका छन् तसर्थ भारत शब्दावलीलाई उपभोग गरेर २०२४ को चुनावी एजेण्डा स्थापित गर्न चाहान्छन् । जी २० को सम्मेलन विजेपीका लागि उपयोगिताको मञ्च बनेको छ । खैर जेहोस् राजनीतिमा यी सब जायज मानिन्छन् । सत्ताले आफ्नो इतिहास कायम गर्न जुनैपनि लोकप्रियताका उद्धेश्य आफ्नो राजनीतिक मियो बनाउन सकदछ । नरेन्द्र मोदी भारतलाई सुरक्षा परिषदको स्थाई सदस्य बनाउन प्रयत्न गरिरहेका छन् । यो सफल होला नहोला अर्को विषय हो प्रयास गरिरहँदा कालान्तरमा पुर्णता हाँसिल गरेको खण्डमा आम भारतीय नागरिक माथि न्याय हुनेछ।

हिन्द प्रशान्त क्षेत्रमा पश्चिमाहरु कुनै न कुनै विभाजन गर्न खोजिरहेकै बेला संयोगवश भारतले जी २० को सम्मेलन गर्ने अबसर प्राप्त गरेको छ र हालै सम्पन्न पनि गरिसकेको छ । विश्वनै एक परिवारको संख्या दिएका छन् मोदीले तर बढ्दो धुर्विकरण र युद्ध, विवाद र असमानता प्रति यस वाक्यांसले कति न्याय गर्न सक्ला ? त्यो पनि भविष्यका लागि विवेचना गर्ने पाटो बनेको देखिन्छ ।

एक त बिजेपी हिन्दुवादी सेन्टिमेन्टसँग तालमेल रहेको पार्टीको रुपमा परिचित छ यसले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक आम समुदायमा कस्तो प्रभाव पार्ला भन्नेमा शंकाको बाटो उत्पन्न गरेको छ । अर्को तर्फ चीनले हालचालै अरुणाञ्चल क्षेत्रको केही हिस्सा नक्सामा सार्वजनिक गरेपछी भारत र चीन बिचको २+१ रणनीतिमा समेत धक्का दिने संकेत देखापरेको छ । भिटो प्राप्त चीनले कहि न कहि भारतलाई सुरक्षा परिषद्को सबालमा भविष्यमा रोक्ने सभावना पनि देखा परेको छ ।

खैर भारत अनेक चुनौतिका बाबजुत अघि लम्किसकेको छ । अर्थव्यवस्था, स्पेश, ए.आई , व्यापार लगायत क्षेत्रमा उल्लेखनीय सुधार गरेको पाईन्छ । यो अवस्थामा भारतले आफुलाई जी २० को आयोजना कर्ताको रुपमा प्रस्तुत गर्नु आफैमा सरहनीय विषय छ । जी २० ले निदृष्ट गरेका हरित विकास, समावेशी बृद्धि, डिजिटल अर्थतन्त्र, सार्वजनिक पुर्वाधार, प्रविधि परिवर्तन र महिला सशक्तिकरण जस्ता बहुआयामिक पक्षलाई विश्वभर भातृत्व र सदासहिताका साथ परिपालाना गराउनु नै जी २० को मुख्य लक्ष्य देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।