ताजा अपडेट »

शैलुनसँगै ‘स्किन एण्ड हेयर लेजर क्लिनिक’ संचालन गर्दै मोनिका, ८ गते सुभारम्भ

शुक्रबार, ०५ असोज २०८०, १३ : २६
71 Shares
शुक्रबार, ०५ असोज २०८०
71 Shares

बुटवल । बुटवलमा शैलुन व्यवसाय गरिरहेकी मोनिका क्षेत्रीले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ पनि संचालनमा ल्याउने भएकी छिन् ।

बुटवलमा लामो समयदेखि मोनिका युनिसेक सलुन एण्ड एकेडेमी संचालन गर्दै आएकी उनले छाला र कपाल रोगका विरामीहरुलाई लक्षित गरी यही असोज ८ गतेदेखि औपचारिक रुपमा स्किन एण्ड हेयर लेजर क्लिनिक संचालन गर्न लागेकी हुन् । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर संचालन गरेको यो नै पहिलो हो ।

शैलुनमा आउने ग्राहकहरुको चाहाना बमोजिम अत्याधुनिक रुपमा नै आफुले स्किन एण्ड हेयर संचालन गर्न लागेको उनले बताइन् । ‘शैलुनमा आउने धेरैले स्किन हेयर पनि संचालन गरे हामिहरुलाई सहज हुने बताउने गर्नु भएको थियो । गा्रहकहरुको आग्रह बमोजिम नै यहि असोज ८ गतेदेखि औपचारिकरुपमा संचालन गर्न लागेकी हुँ ।’–उनले भनिन् ।

साथै स्किन एण्ड हेयर लेजरमा काठमाडौँबाट नै डाक्टर आउने बताइन् । प्रबन्धक निर्देशक समेत रहेकी मोनिकाका अनुसार केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटललगायतका अस्पतालमा लामो समयदेखि काम गरिरहेका वरिष्ठ छाला तथा सौन्र्दय रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीकी डा। ज्योति शाह आउने बताइन् । डाक्टरहरु प्रत्येक हप्ताको फरक फरक दिन एक पटक आउने बताइन् ।

‘स्किन हेयरमा काठमाडौँबाट नै डाक्टर आउनु हुन्छ । अहिले तत्कालको लागि हप्ताको एक पटक फरक फरक दिन २ जना डाक्टर आउनु हुन्छ । अहिले नै कुन बार आउने भन्ने पक्का भएको छैन् ।’– उनले भनिन् । क्लिनिकले कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, कपाल सम्बन्धी सम्पूर्ण रोग, लेजर सेवा तथा सम्पूर्ण छाला सम्बन्धी रोगहरूको सेवा दिइने प्रबन्धक निर्देशक क्षेत्रीले बताइन् ।

साथै सबै प्रकारको स्किन सम्बन्धी समयको हल गरिने भएकाले स्किनको उपचारको लागि अबदेखि बुटवलवासी काठमाडौँ जानु पर्ने बाध्यता हट्ने बताइन् । साथै सुभारम्भको १० दिनसम्म सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बताइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।