ताजा अपडेट »

आन्दोलनरत शिक्षक र सरकार बीच आज विहान वार्ता बस्दै

शुक्रबार, ०५ असोज २०८०, ०६ : ०१
70 Shares
शुक्रबार, ०५ असोज २०८०
70 Shares

काठमाडौं । विहिबार निश्कर्षविहिन टुङ्गिएको आन्दोलनरत शिक्षकहरु र सरकारबीचको वार्ता आज पुनः बस्दै छ । आज विहान ९ बजे गृहमन्त्रालयमा दुई समूह बीच वर्ता बस्ने कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए ।

उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए । नेपाल शिक्षक महासंघले भने विहिबार वार्ता नभएर अनौपचारिक छलफल मात्र भएको बताए छ । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सहमती नहुँदासँम्म अनिश्चितकालीन आन्दोलन जारी रहने बताएका छन् । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताए ।

वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने उनले बताए । गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल र हस्ताक्षर गर्दैनौ भनेका छौं ।’–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।