ताजा अपडेट »

शिक्षक महासंघका प्रतिनिधि र सरकार बीचको वार्ता निश्कर्षविहिन : आन्दोलन जारी रहने

विहीबार, ०४ असोज २०८०, २१ : २८
92 Shares
विहीबार, ०४ असोज २०८०
92 Shares

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीचको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ ।
बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए ।

उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए । नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको बताए । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनिश्चितकालीन आन्दोलन जारी रहने बताए । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताए ।

वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने उनले बताए । ‘अहिले छलफल मात्रै भयो । वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल र हस्ताक्षर गर्दैनौ भनेका छौं । भोलि विहान ९ बजे पुनः बैठक बस्नेछौं’, उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।