ताजा अपडेट »

आन्दोलनरत शिक्षक र सरकारबीचको पहिलो वार्ता सकारात्मक

विहीबार, ०४ असोज २०८०, १० : ४१
108 Shares
विहीबार, ०४ असोज २०८०
108 Shares

काठमाडौं । संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग सिंहदरबारमा वार्ता भएको हो । वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले सकारात्मक माग सम्बोधन हुने विश्वास दिलाउँदै शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।