नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संविधान दिवसको अवसरमा आयोजित गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जित हात परेको छ । संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा पत्रकार र जनप्रतिनिधिहरुको टोलीले कर्मचारीहरुको टोलीलाई ४–३ को गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । खेल सुरु भएको केहि मिनेटमै कर्मचारीको टिमबाट देव थापाले कर्नर बाट प्राप्त बललाई गोलको दिशा देखाउदै कर्मचारीको टिमले अग्रता बनाएको थियो ।
पहिलो हाफमा २/२ गोलको बराबरी खेलका दुवै टिमले दोस्रो हाफमा खलाडी परिर्वतन गर्दे कडा प्रतिस्पर्धा गरेका थिए । दोस्रो हाफमा कर्मचारीको टिमले पुन एक गोल थप गर्दे अग्रता बढाएपनि जनप्रतिनिधि र पत्रकारको संयुक्त टोलीले निरन्तर दुई गोल थपेपछि कर्मचारीको टोली उपविजेतामा सिमित भएको हो । खेलमा दुई गोल गर्ने संञ्चारकर्मि जितेन श्रेष्ठ सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए भने उत्कृष्ट खेलाडीको रुपमा कारागार कार्यालयका देव थापाले ट्रफि हात पारे । मैत्रिपुर्ण फुटवलको विजेता टोलीलाई प्रदेश सभा सदस्य वैजनाथ कलवार र खड्ग बस्नेतले ट्रफि प्रदान गरे ।
प्रतियोगितामा जिल्ला समन्वय प्रमुख, पालिका प्रमुख, नगर प्रमुख , गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चार वटै सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख र पत्रकारहरुले सहभागिता जनाएका थिए । जिल्ला मुल समारोह समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम नगर उपप्रमुख सम्झना चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगाएतले बोलेका थिए।
प्रतिक्रिया