ताजा अपडेट »

युवाहरूलाई स्वरोजगार बनाउ सके मुलुक समृद्ध बन्छः नेता बिश्ववकर्मा

मंगलबार, ०२ असोज २०८०, ११ : ५३
67 Shares
मंगलबार, ०२ असोज २०८०
67 Shares

बुटवल । वासियल नेपाल कपिलबस्तुको सुद्धोधन गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले पारस नाथ भुज नेतृत्वमा ३७ सदस्य कमिटी गठन गरेको छ ।

जसमा बिरेन्द प्रसाद पासी ,बिजय कुमार यादव ,कृष्णा यादव राकेश यादव राजकुमारी पासी, सन्तोष यादव दुर्गेस लोध ,रामनाथ पा्डेय , छटु लोहनी दिनेशल कुर्मी ,सुग्रीम साहानि ,कौशल किशोर पासी ,राम बाहदुर पासी, मोबिन शाह जोग बहादुर चौधरी ,मुनिमा खरबन्द,बालगोबिन्द बरई रमेश साहानी दुर्गेश यादव गोरख नाथ यादव जमिला खातुन,अमिर शाह कमरूदीन नाउ सम्सोद्विन मुसलमान सलिम फकिर, प्रिया शर्मा असर्फी लोध लोकनाथ यादव ,मनोज परियार ,सरल केसि आशिष बि क सुमन सेन हरिशकर यादव सदस्य रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत बिकले युवाहरू वर्तमानको आवश्यक्ता भएको बताउँदै युवा शक्तिलाई उतपादन कार्यमा जोडन सकिए मात्र मुलक समृद्धि हुने बताए । ३ महिने अभियानमा वासियलको भूमिका प्रमुख रहेको हुँदा यस अभियानले समाजमा रहेका बिकृतिहरूको पनि अन्त्यका लागि रचनात्मक भूमिका खेल्नु पर्ने बताए ।

वासियलका प्रदेश सदस्य राकेश यादव अध्यक्षतामा सम्पन्न भेलमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य नारायण भुषाल ,प्रदेश सदस्य एवम लुम्बिनी प्रदेश पूर्व राज्य मन्त्री शुष्मा यादव, प्रदेश सदस्य घरबरन यादव , प्रदेश सदस्य दिनेश पुन, वासियल नेपालका केन्द्रीय सदस्य कपिलवस्तु जिल्लाका इन्चार्ज शिव बन्जाडे अखिल क्रान्तिकारी केन्द्रीय सदस्य हरिशचन्द खनाल, युवा नेता बिष्णु पौडयल लगायतले युवाहरूको भुमिका बारेमा भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।