ताजा अपडेट »

एसिया कप फाइनल : भारत र श्रीलङ्का बीचको खेलमा वर्षाले प्रभावित हुने सम्भावना कती ?

आइतबार, ३१ भदौ २०८०, १३ : १५
40 Shares
आइतबार, ३१ भदौ २०८०
40 Shares

बुटवल । एसिया कपको फाइनल खेलमा आज भारत र श्रीलंका भिड्दैछन् । यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ । एसिया कपका धेरै खेल वर्षाका कारण रद्द भएका छन् । भारत र पाकिस्तानबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

भारत र पाकिस्तानबीचको दोस्रो खेल पनि रिजर्भ डेका कारण मात्रै सम्पन्न भएको थियो । पूरै प्रतियोगिता जस्तै एसिया कपको फाइनलमा पनि वर्षाको सम्भावना छ । मौसम विभागको अनुमान अनुसार खेलको टसको समयमा दिउँसो २ः३० बजे पानी पर्ने सम्भावना ५६ प्रतिशत छ । द्दस्घण् देखि टस्घण् सम्म वर्षाको सम्भावना द्दठ देखि द्धज्ञ प्रतिशत छ।

साँझ ६:३० बजेतिर ७७ प्रतिशत पानी पर्ने सम्भावना छ । साँझ ७:३० देखि ११:३० बजेसम्म २२ देखि १९ प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ । -बीबीसी हिन्दीको सहयोगमा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।