ताजा अपडेट »

बृटिश ल्याङ्वेजले मनायो सरस्वती पूजा

विहीबार, १६ माघ २०७६, १६ : ३९
12 Shares
विहीबार, १६ माघ २०७६
12 Shares

माघ १६,

ग्लोबल आवाज

बुटवल । विगत २३ वषेदेखि रुपन्देहीको बुटवलमा सञ्चालित बृटिश ल्याङ्वेज इनिस्टिच्युटले सरस्वती पुजाको अवसरमा विहिबार एक कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा बोल्दै इनिस्टिच्युटका सञ्चालक डा. प्रकाश पाण्डेले नयाँ तथा पुराना विद्यार्थी, शिक्षक, कर्मचारीहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

शैक्षिक प्रगतिसँगै मानवीय आचण समेत सभ्य हुनु पर्ने कुरालाई जोड दिँदै उनले व्यवहारिक र समय सापेक्ष ज्ञान आवश्यक रहनेमा जोड दिए । वेसिक, इन्टर, एड्भान्स तथा विशेष अंग्रेजी शिक्षा प्रदान गर्ने यस संस्थाले टुरिष्ट गाईड, होटेल प्याकेज, इन्टरभ्यू प्रि प्लानिङ, टोफेल, आईइएलटिएस लगाएतका कक्षा सञ्चालन गर्नुका साथै योगाभ्यास समेत सञ्चालन गर्ने गरेको पाण्डेले जानकारी गराए ।

सरस्वती बन्धना सहित पूजा कार्यक्रममा संस्थाका पूर्व शिक्षकहरु दिपक श्रेष्ठ, राज चौधरी, निलकमल कसौधन लगाएतले बोलेका थिए । वि.स. २०५४ सालमा स्थापना भएको यस विद्यालयमा हालसम्म १५ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरेको सञ्चालक पाण्डेले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।