ताजा अपडेट »

कोहि रमाउन , कोहि कल्पिन विवश!

शनिबार, ३० भदौ २०८०, १३ : ५९
48 Shares
शनिबार, ३० भदौ २०८०
48 Shares


गुल्मी । कसैलाई बेलामा खानु छैन । अझ कैयौ परिवारलाई एक दिनको तिज कसरी मानौं भन्ने पिरचिन्ता छ । तर एकथरी सम्पन्न परिवार तिज आउनुको एक महिना अघि देखि नै  दिनहुँ जसो दर खाने कार्यक्रम राख्दै नाच्दै हिडेको देखिन्छ । अझ शुक्रबार दिउँसो    एक  कार्यक्रम स्थलमा  दुई बेग्ला  बेग्लै  दृश्य  देखियो  ।  एकथरी बालबालिका चिटिइ परेर नाछ गानमा रमाई रहेका थिए भने अर्का थरी बालबालिका त्यस्तै जीवन कल्पेर बस्न विवस थिए । कार्यक्रम स्थल थियो गुल्मीको सदरमुकाम तम्घास स्थित बालमन्दिर प्रङ्गाण ।

अवसर थियो बालदिवस -२०८० । यश अबसरमा रेसुङ्गा नगरपालिका भित्रका आधारभुत बिध्यालय स्तरिय तिज गित प्रतियोगिताको आयोजना गरिएको थियो । सबको नजर प्रतियोगी भाइ बहिनीहरुकै नाच गितमा थियो । मन्चमा प्रमुख अतिथी प्रदेश सासद डिल्लिराज भुसाल सहितका बिशिस्ट ब्यक्तिहरु आशिन थिए । हाम्रो नजर कार्य्क्रम स्थल बाहिर भित्र नाच्दै रमाई रहेका उमेर समुहका सडक बालबालिकाहरु कम्पाउण्ड चर बाट लुकिलुकी डराई डराई हेरिरहेका थिए । सबैको शरीर र कपडा कटकटी परेको थियो । उनिहरुको ओठ कलेटी परेको थियो ।

पोषणयुक्त खानको कुरा छाडौ भोक मेट्ने अन्न पानी बेलामा खान नपाएर कुपोषणको सिकार देखिन्थे ।उनीहरुका लागि त्यो तिज गित नाचको प्रतियोगीता नभई उनीहरुको दयानिय जिवनलाई उपहास गर्ने तमासा थियो । उनिहरुको हेराईको भावुकताले हाम्रा  त्यस्तै दिन कहिले आउलान ? भन्दै सोची रहेको प्रतित हुन्थ्यो । उनीहरुको त्यो निन्नाउरो मुहार हेरेर कार्यक्रम स्थलमा टाँगिएको ब्यानर पढ्दा नारा थियो–   ‘बालबालिकामा लगानी , सुनश्चित भविश्यको थालनी ’  ।  उफ …ति बालबालिकाको निरास चेहराले त्यो नारालाई गिज्जाई रहेको थियो ।

आलोचना आयोजक संस्था नेपाल जिल्ला बालसंगठन  गुल्मीलाई गर्न खोजिएको होईन, बल्की  यो देशको मानव विकासको गति र प्रवृत्तिलाई गर्न खोजिएको हो । सोझो भाषामा भन्दा यो समाजको एउटा वर्ग ति  सडक बालबालिकलाई त्यो नारामा  लेखिए जस्तो न लगानी गर्न सकेको छ न त उनीहरुको भविश्य सुनिश्चित गर्न नै ।   दृश्य यसपालिको बालदिवसको मात्रै होईन , हरेक बर्षको बालदिवसमा  त्यस्तै देखिन्छ ।

कहिले त्यसै कार्यक्रम स्थल बाहिर सडकमा फालिएको फोहर खानेकुरा टिपेर खाँदै गरेको , कहिले प्लाष्टिक टिपिरहेको त कहिले भित्र सभ्रान्त महिलाहरु गहना कपडामा सजिएर छमझम नाचिरहेको र त्यसको बाहिर सडकमा एकथरी महिलाहरु   गिटी कुटिरहेको र   फलामको डण्डी लतारिरहेको देखिन्छ ।

 यसर्थ बाल दिवस होस वा कुनै पनि दिवस नारा र भाषणमा सिमिति छन ।  आखिर  ति गरिव विपन्न वर्गलाई  यस्तो उपहास कहिले सम्म ?  ती विपन्न बेसहारा बालबालकाको शैक्षिक र अनेकन प्रतिभा विकासमा कहिले गर्ने हो लगानी ? कहिले हुने हो उनीहरुको सुनिश्चित भबिश्य ? भन्ने सवाल मनमनै उठाईरहेको बेला  विभिन्न पालिकामा आयोजित दरखाने कार्यक्रमको समाचार टिपाउन फोन आउन थाल्यो ।

सुनिन्थ्यो विभिन्न पालिका प्रमुख , उपप्रमुख लगायत  र  कर्मचारीहरु दरखाने कार्यक्रममै भ्याईनभ्याई भईरहेको कुरा ।   दरखाने कार्यक्रमको समाचार शुक्रबारको दिन मात्र होईन गत एक महिना अघि देखि दिनहुँनै भईरहेका छन र सामाजिक सञ्जाल र अनलाईन पनि दरखाने कार्यक्रमका फोटाहरुले रंगिएका छन । बिभिन्न पालिकाले समेत दरखाने कार्यक्रम र तिज गित प्रतियोगिता राखेर खर्च बढाएका छन् ।

प्रतियोगिता राखेर तिज गित सस्कृतिको संरक्षण गर्नु जायज नै भए पनि गत एक महिना देखि दिनहुँ जसो दरखाने कार्यक्रम गरिनु गलत भएको बताउनु हुन्छ धुर्कोट गाउँपालिक प्रमुख भुपाल पोख्रेल । इस्मा गाउँपालिका प्रमुख भगतसिन्ह खड्का र कालीगण्डकी गाउँ पालिका प्रमुख वेदबहादुर थाप पनि दिनहुँको दरखाने प्रवृति अन्त्य हुनु पर्ने धारणा राख्नु हुन्छ ।

बालमन्दिरमा देखिएका ती दुई भिन्न दृश्यमा प्रदेश सासद डिल्लिराज भुसालले पनि नियाल्न भ्याएर होला सम्बोधनका क्रममा सदरमुकाम तम्घासका ती सडक बालबालिकाहरुलाई शिक्षा दीक्षा दिन र खानबस्नको वयवस्थापन गर्न आफू रेसुङ्गा नगरपालिकाको प्रमुख छदा प्रयास गरिए पनि उनहरुका अभिभावकका कारण निरन्तरता दिन नसकिएको स्विकार गर्दै उनिहरुलाई बालदिवस र त्यसको नाराले छुन नसकेको स्पष्ट परे ।


सडक बालबालिकाको व्यवस्थापन गर्न सकिएन : भुसाल
सदरमुकामका सडक बालबालिकाहरुलाई ब्यबस्थापन गर्न बर्तमान नगर प्रमुख खिलध्वज पन्थीले पनि सुरुवाती चरणमा अभियान नै चाले। केही समय बस्ने खाने र पढ्ने वयवस्था समेत गरिएको थियो । केही दिन पछि ती बालबालिका सडक मै फर्केका छ्न । मान्छे भेट्यो कि पैसा मागेर सताउने ती बालबालिकालाई दिगो रुपमा व्यवस्थापन गर्न असम्भव नै त कहाँ होला र ?

यदि बालदिवसको नारामा लेखिए झै उनिहरुको सुनिश्चित भविश्यका लागि लगानी गर्न सकिए । तर यस्ता बालबालिकामा लगानीको सट्टा औपचारिक कार्यक्रममा खर्च गरिन्छ । उनिहरुलाई बस्ने बासको सट्टा करोडौका मठ - मन्दिर निर्माण गरिन्छ । यसर्थ पहिला मानिसलाई गाँस बास कपास , शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गरौ । भड्किला र खर्चिला कार्यक्रमलाई निरुत्साहित गरौ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार