ताजा अपडेट »

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मुल्य १८३ पुग्यो

शुक्रबार, २९ भदौ २०८०, २१ : ४५
28 Shares
शुक्रबार, २९ भदौ २०८०
28 Shares

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । 

शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।