माघ १६,
ग्लोबल आवाज
बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा शुक्रबारबाट हुन लागेको नवौं सूचना तथा सञ्चार प्रविधि मेला (क्यान इन्फोटेक)को सम्पूर्ण तयारी पुरा भएको छ । भोलीदेखि २१ गतेसम्म बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रर्दशनीमा विभिन्न प्रविधिका १ सय १० वटा स्टल रहने बढी महासंघले जनाएको छ । प्रर्दशनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स् , मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटस् , ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, बैंंक, आई सी।टी कलेज, शैक्षिक परामर्श केन्द्र, आई टि टेनिङ्ग ईन्स्टिच्युट्स, सफ्टवेर सोलुसनस्, पेमेन्ट सोलुसनस् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीले बनाएका प्रविधियुक्त हाडवेयर सफ्टवेयरसँग सम्बन्धित विभिन्न साम्रागीहरुका स्टल रहने भएका छन् । अवलोकनका लागि विद्यार्थीहरुका लागि २० रुपियाँ र अन्यका लागि ५० रुपियाँ टिकट दर तोकिएको छ भने माघ २० गते विजनेस डे का रुपमा घोषणा गरीएकाले उक्त दिन सबैलाई ५० रुपिँया टिकट शुल्क लाग्ने क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गोतमले बताए ।
यस पटकको संस्करणमा मुख्य आकर्षकका रुपमा अत्याधुनिक सुरक्षा प्रविधिको प्रर्दशनी, कम्प्युटर, प्रिन्टर र ल्यापटप फ्रि सर्भिस क्याम्प, नेपाली वैज्ञानीकहरुद्वारा निर्मित रोवट र ड्रोन, सूचना प्रविधि तथा विद्युतिय वित्तिय साक्षरता विषय अभिमुखीकरण लगायतका कार्यक्रमहरु रहेका छन् । क्यान ईन्फोटेकको मुख्य प्रायोजन प्रभु पे तथा एशोसिएट प्रायोजक‘वल्ड लिंक’ रहेका छन् । यस संस्करणको अफिसियल नाम नै ‘प्रभु पे क्यान इन्फोटेक २०२० ईन एशोसिएशन विथ वोल्ड लिंक’ रहेको छ ।
मेलाको उद्घाटन प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने कार्यक्रम रहेको छ । मेलामा एक लाख बढी दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैया बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ । भने मेला आयोजना गर्दा ५० लाख खर्च लाग्ने अनुमान समेत महासंघको रहेको छ ।
प्रतिक्रिया