माघ १६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको बुटवल-९, कालिकानगर अवस्थित लुम्बिनी शिक्षालयले सरस्वति पूजाको अवसरमा विद्यार्थीहरुलाई अक्षराम्भ गराएको छ। श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्यालयले करिव सय जना विद्यार्थीलाई निःशुल्क भर्ना तथा अक्षराम्भ गराएको विद्यालयका प्रिन्सिपल पुष्कर थापा क्षेत्रीले जानकारी गराए । प्ले ग्रुपमा ७० जना विद्यार्थी तथा अन्य कक्षाहरु नर्सरी, एल केजी र यू केजीमा नयाँ विद्यार्थी भर्ना गरिएको उनले जानकारी दिए ।
निजिस्तरबाट विगत २२ वर्षदेखि सञ्चालनमा रहेको यस विद्यालयमा ४ सय बढी विद्यार्थी अध्यनरत छन् । विद्यालयको शैक्षिक स्तर सुधारका लागि नयाँ व्यवस्थापनमा सञ्चालन भएको यस शैक्षिक संस्थामा व्यवहारिक तथा प्रयोगात्मक शिक्षालाई थप जोड दिने गरिएका प्रिन्सिपल थापाले दावी गरे । “विद्यार्थीले कक्षा दस उत्तीर्ण गरिसक्दासम्म कम्तिमा एउटा भएपनि जिविकोपार्जन गर्न सक्ने सीप सिकोस् भन्ने हाम्रो लक्ष्य हो“थापाले भने । सरस्वति पूजाको अवसर पारी विद्यालयमा मँगलबार खाना महोत्सव आयोजन गरिनुका साथै विद्यार्थीहरुको नतिजा प्रकाशन समेत गरिएको सह–प्राचार्य सतिस गैरेले जानकारी गराए ।
खाना महोत्सवमा कक्षा ६ देखि कक्षा ८ सम्म अध्यन गर्ने विद्यार्थीहरुले तयार पारेका खानाका परिकारहरु राखिएको थियो । नैतिक शिक्षा र व्यवहारिक ज्ञानलाई टेवा पुग्नेगरी कार्यक्रमको आयोजना गरिएको गैरेले बताए ।
प्रतिक्रिया