ताजा अपडेट »

इन्टलेक्चुअल स्कूलका विद्यार्थीद्वारा सरसफाई कार्यक्रम

विहीबार, २८ भदौ २०८०, ११ : ५३
69 Shares
विहीबार, २८ भदौ २०८०
69 Shares

बुटवल । बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका विद्यार्थीले सरसफाई गरेका छन । स्कुलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाई कार्यक्रम स्कुलको वरिपरि र योगिकुटिदेखि मझुवा स्थित भुवनसिंह मार्गको डेढ किलोमीटर र पूर्वदेवसिद्दनगरको एक किलोमीटर सडकमा सरसफार्इ गरिएको थियो ।

वातावरणलाई स्वच्छ राख्नुपर्ने र डेङु नियन्त्रण गर्ने अभियान स्वरुप यो कार्यक्रम गरीएको बाल क्लबकी अध्यक्ष नेहा भारीले जानकारी दिइन । कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी रहेको कार्यक्रममा विद्यार्थीले सडक वरपरका घरहरुका मानिसहरुलाई वातावरण प्रदुसित नगर्न र प्लास्टिक जन्य फोहोरहरुलाई जथाभावी नफाल्न समेत अनुरोध गरेका थिए ।

स्कुलको बाल क्लबद्वारा बिहीबार बिहान संचालन गरिएको कार्यक्रम बालदिवसका अबसरमा गरिएको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।