ताजा अपडेट »

मन्त्रालय थप नगरी सरकारलाई पूर्णता दिन लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई कांग्रेसको निर्देशन

विहीबार, २८ भदौ २०८०, ११ : ०३
107 Shares
विहीबार, २८ भदौ २०८०
107 Shares

बुटवल । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको विचमा नकरात्मक असर पर्ने हँुदा भैरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पुर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय राप्ती उपत्यका पाखापानी, दाङमा सम्पन्न बैठकले लुम्बिनी प्रदेशका जनताका जनजिविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसंग समन्वय गर्दै संघियतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघिय सरकारलाई नेपालको संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध पनि गरेको छ।

यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथुन कार्यक्रम संचालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।