ताजा अपडेट »

सफल प्रयोग हुन नसके संघीयता खारेज हुनसक्छ : झलनाथ खनाल

बुधबार, २७ भदौ २०८०, १६ : ०२
28 Shares
बुधबार, २७ भदौ २०८०
28 Shares

जनकपुरधाम । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता  झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिएका छन् । 

जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग उनले प्रयोगकै चरणमा रहेको संघीयता सफल रुपमा कार्यान्वयन नभए खारेज हुन सक्ने अभिव्यक्ति दिएका हुन् ।

आमनेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि टिक्न नसक्ने भन्दै उनले  संघीयताको भविष्यलाई लिएर अहिले कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताए । यद्यपि, देश र जनताका लागि संघीयता कसरी फलदायी हुन सक्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।