माघ १६,
ग्लोबल आवाज
भैरहवा । रुपन्देहीको भैरहवामा बोराको थुप्रोले किचेर एकै परिवारका चारजनाको ज्यान गएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका- ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरु बिहिबार मृत अवस्थामा फेला परेका हुन् ।
ज्यान गुमाउनेमा भारतको बिहारका ३० वर्षीय सहजाद हुसेन, उनीकी श्रमती २८ वर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुन रहेका छन् । घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर खस्दा निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रहरीका अनुसार हुसेन परिवारले विगत १५/२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया