काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ ।
ढाकाकुमार रास्वपाबाट निस्काशित पूर्व सांसद् हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको अडिओ बाहिरिएपछि उनलाई पार्टीले साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। ढाकाकुमारले केही दिनअघि रास्वपाको कोर टिमको खुलासा गरेका थिए ।
रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले कुत्सित मनसायबाट पार्टीका नेताहरूको बदनाम गर्न खोजेको आरोप लगाएको छ। साथै अहिले पनि पार्टीका कुनै नेता उक्त प्रकरणमा जोडिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्ने स्पष्ट पारेको छ ।
मन्त्री बन्नाउन रास्वपाको कोर टिमले तीन करोड मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपश्चात पार्टीले श्रेष्ठलाई निष्कासन गरेको थियो। अहिले फेरि उक्त विषयलाई लिएर श्रेष्ठले विभिन्न सञ्चार माध्याबाट नेताहरूको नाम लिएपछि विज्ञप्ति निकालेको हो ।
‘बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’– विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया