ताजा अपडेट »

प्रतिनिधिसभा बैठक सर्‍यो

मंगलबार, २६ भदौ २०८०, १६ : २३
22 Shares
मंगलबार, २६ भदौ २०८०
22 Shares

काठमाडौं। बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिनपछि सरेको छ । 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।