काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।
पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको पनि बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए।
प्रतिक्रिया