ताजा अपडेट »

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

मंगलबार, २६ भदौ २०८०, १० : ४६
14 Shares
मंगलबार, २६ भदौ २०८०
14 Shares

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २५ लाखमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

यस बैंकले ७ वर्ष अवधि भएको ‘१०.५ प्रतिशत आएबीबीएल डिबेन्चर २०८६’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५ प्रतिशत  ब्याजदर तोकिएको छ । यो डिबेन्चरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।