ताजा अपडेट »

सुवास नेम्वाङको निधनप्रति प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

मंगलबार, २६ भदौ २०८०, ०८ : ०७
70 Shares
मंगलबार, २६ भदौ २०८०
70 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको उल्लेख गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।