काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान गरेको भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो ।
भण्डारीले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा पनि मुद्दा खेपिरहेका छन्। सुन तस्करी प्रकरणमा जोडिएका दावासँग उनको सम्बन्ध देखिएपछि सीआईबीले पहिलेदेखि नै निगरानीमा राखेको थियो। उनीमाथि माओवादी केन्द्रका नेताहरुसँग अस्वभाविक सम्बन्ध बनाएर अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ ।
भण्डारी जागिरे जीवनका क्रममा रहँदा तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डे ,महिला बालबालिका मन्त्री आशा कोइराला, अर्थमन्त्री कृष्णबहादुर महरा र उर्जामन्त्री बर्षमान पुनको सचिवालयमा बसेर काम गरेका थिए ।
प्रतिक्रिया