विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।
पुनस् मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।
कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुईवटा अध्यादेश प्रदेश प्रमुख पर्शुराम खावुङले प्रमाणित गरेका हुन् ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई भदौ १० गते स्वतः निष्क्रिय भएको थियो। सोही अध्यादेश पुनः मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीले ल्याउने निर्णय शुक्रबार नै गरेको थियो ।
सरकारले प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय गरेको हो। पुनस् अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।
यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।
प्रतिक्रिया