गुल्मी। काठमाण्डौमा गुल्मी मालिकाको रैथाने आलुले बजार पाएको देखे पछि सांसद गोकर्ण बिष्टले खुशी प्रकट गरेका छन्।
शनिबार बिहान काठमाण्डौको दरबार मार्ग स्थित 'रैथाने कृषि हाट बजार'मा पुगेका एमाले नेता समेत रहेका बिष्टले आफ्नो फेसबुक मार्फत खुशी प्रकट गरेका हुन ।
उनले फेशबुकमा लेखेका छन आज बिहान रैथाने कृषि हाटबजारमा पुग्ने अवसर मिल्यो । देशका विभिन्न भागका किसानहरूको अर्गानिक उत्पादन मात्र पाइने उक्त हाटबजारमा गुल्मी अर्खबाङको रैथाने आलु समेत उपलब्ध पायौं । रैथाने बाली उत्पादक किसानको पौरखलाई प्रोत्साहित गर्न हरेक शनिबार बिहान काठमाडौंको दरबारमार्ग पुगौं ।
मालिकाको ब्राण्डिङ्ग प्राप्त आलुलाई काठमाण्डौमा बजार बिस्तार गर्न पुगेका मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल भन्छन ' उहा अबलोकन गर्न आउनु भएको थियो । उहाँ निकै हर्षित मुद्रामा हाम्रो पालिकाको आलुलाई बजार विस्तारको सुधार गरि हरेक शनिबार यस हाट बजारमा आएर अर्गानिक कृषि उत्पादन खरिद गर्न सबै सङ्ग अपिल गर्नु भएको छ । पहिलो दिन करिव ७ क्विन्टल आलु लगेकोमा क्षणभर मै बिक्री भई सकियो । अबदेखि हरेक शनिबार यो भन्दा बढी स्केलमा मालिकाको आलु काठमाण्डौ उतार्दैछौ ।'
बिष्टले सो हाटबजारमा बेच्न राखिएको मुई पार्ने ठेको मदानी खेलाई रहेको तस्विरमा देख्न सकिन्छ । नेता बिष्ट स्कुले जिवनमा विहान बेलुका एक्लैले बाझो जमिन खनेर विशाल बारी बनाएका थिए । अहिले पनि उनले बनाएको वारि ( पाटोमा ) मुरिका मुरि कोदो मकै फल्ने गर्दछ । बाल्यकालमा ठूलो परिबार , कम उब्जेनीको समस्या भोगाई समेत नेता बिष्टमा छ ।
प्रतिक्रिया