ताजा अपडेट »

बालिकाको मृत्यु प्रकरण र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

विहीबार, २१ भदौ २०८०, १७ : ०९
123 Shares
विहीबार, २१ भदौ २०८०
123 Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पताल पुगेकी बालिकाको उपचार नपाई मृत्यु भएको विषयमा रकांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

बिहीबार बसेकाके प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले दुवै घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै सरकारको जवाफ मागेपछि सभामुख घिमिरेले सदनलाई जानकारी गराउन सरकालाई रुलिङ गरेका हुन् । 

उपचारका लागि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा लगिएकी बालिका रेजिशा गोपालीको पालो कुर्दाकुर्दै निधन भएको थियो भने बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।