ताजा अपडेट »

एसिया कपमा भारत विरुद्ध खेलेका खेलाडीलाई अर्ना वियरको साढे ८ लाख

मंगलबार, १९ भदौ २०८०, ०७ : ५५
24 Shares
मंगलबार, १९ भदौ २०८०
24 Shares

बुटवल । एसिया कपमा भारतविरुद्धको पहिलो इनिङ्समा गरेको प्रदर्शनका आधारमा नेपाली क्रिकेटरलाई अर्ना बियरले साढे ८ लाख दिने जनाएको छ ।

भारतविरुद्ध सुरुवाती ब्याटिङ गरेको नेपालले २३० रन बनाएको थियो । त्यसैका आधारमा खेलाडीहरूलाई उक्त रकम प्रदान गर्न लागिएको अर्ना बियरले जानकारी दिएको छ । अर्ना बियरले भारतविरुद्ध हानेको प्रत्येक छक्काका लागि १ लाख, प्रत्येक विकेटका लागि १ लाख र प्रत्येक चौकाका लागि २५ हजार दिने जनाएको थियो ।

जसअनुसार ३ चौका र २ छक्का हानेका कुशल भुर्तेलले २ लाख ५० हजार पाउने भएका छन् । त्यस्तै ८ चौका हानेका आशिफ शेखले २ लाख, ३ चौका हानेका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले ७५/७५ हजार र १ चौका र २ छक्का हानेका सोमपाल कामीले २ लाख २५ हजार पाउने भएका छन् ।

भारतविरुद्ध नेपाली क्रिकेटरले १८ चौका र ४ छक्का हानेकाले सोहीअनुसार नगद प्रदान गरिएको अर्ना बियरले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।