ताजा अपडेट »

गुल्मीमा चट्याङले ८ विद्यार्थी भाइते, ४ जनालाई थप उपचारका लागि पाल्पा ल्याइयो

मंगलबार, १९ भदौ २०८०, ०७ : ४३
16 Shares
मंगलबार, १९ भदौ २०८०
16 Shares

बुटवल । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा विद्यार्थी चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए।

सोमबार दिउँसो विद्यालयमै पठनपाठन गरिरहेको समयमा चट्याङ लागेको थियो। चट्याङ लागेर घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

कक्षा ६ मा पढने इसा घर्ति, अनसुसा बिक, भरत बिक र कक्षा ८ मा पढने अनिसा सुनारलाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी निरीक्षक सापकोटाले बताए। अन्य घाइते ४ जना स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि फर्केका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।